रास्वपाका कार्यकर्ताले भ्रम सिर्जना गरे : भण्डारी – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

रास्वपाका कार्यकर्ताले भ्रम सिर्जना गरे : भण्डारी

    मा प्रकाशित

देउखुरी,१३ भदौ ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य बसन्तकुमार भण्डारीले आफ्नो बारेमा भ्रमपूर्ण सूचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन ।

भण्डारीले बुधबार जारी गरेको बिज्ञप्तिमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले कांग्रेस छोडेर रास्वमामा आउने र आसन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।’

आफु नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको हैसियतले अघिल्लो पटक देउखुरी उद्योग वाणिज्य संघको सचिवमा निर्वाचित भएको भन्दै पार्टीको मूल्य मान्यता, नीति, विचार र सिद्धान्तमा विचलित हुन नसक्ने बताएका छन् ।

साथै उनले भ्रमपूर्ण सूचनाको सत्यता नभएको समेत विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । आसन्न देउखुरी उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा नेपाली कांग्रेसबाट बन्ने उम्मेदवारलाई निर्वाचित गराउन समेत लाग्ने भण्डारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्