नेपाल प्रहरीको महानिरीक्षकमा थापा – Kanika Khabar
Friday, January 17Nepali News Portal

नेपाल प्रहरीको महानिरीक्षकमा थापा

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ
आज मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापालाई आइजिपीमा बढुवा गरेको छ । मन्त्रीपरिषदको यस्तो निर्णयसँगै थापा नेपाल प्रहरीको आइजिपी बनेका हुन् ।

थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन् । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
आईजीपीमा नियुक्त भएका थापा २०२५ साल मंसिर २३ गते भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । उनी पूर्व डिआइजी शम्भु थापाका कान्छा छोरा हुन् ।
थापाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्