कोरोना भाइरसबाट विश्वभर ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना भाइरसबाट विश्वभर ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार २४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एकै दिन ५ हजार ५१२ पुगेको छ ।

बुधबार बिहानसम्म ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १९ लाख ४८ हजार १८१ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६८ लाख ४४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९४ हजार ५४८ जनाको मृत्यु भएको छ ।

२५ लाख ४ हजार ६७५ जना संक्रमित भएकोमा १४ लाख ५१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७८ हजार ६२४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख २७ हजार २५४ पुगेको छ । त्यसमध्ये १६ लाख ४७ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६४ हजार ४४२ जनाको मृत्यु भएको छ । २६ लाख ८० हजार २६८ जना संक्रमित भएकोमा १८ लाख २१ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९६ हजार ७७५ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ६१३ जना संक्रमित भएकोमा १६ लाख ७१ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार १५ जनाको ज्यान गएको छ भने ५ लाख ११ हजार ११७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ४७ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५३१ जना संक्रमित भएकोमा ९ हजार ८४ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्