‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश – Kanika Khabar
Monday, February 16Nepali News Portal

‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश

    मा प्रकाशित

काठमाडौँ, २१ भदौ ।
सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको हो । लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको थियो ।

न्यायाधीश कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइँको कागजात झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरूले त्यही माग गरेका थिए ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्