शक्ति बाँडफाँडलाई ब्यवस्थित बनाउन नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षको निर्णायक छलफल हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

शक्ति बाँडफाँडलाई ब्यवस्थित बनाउन नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षको निर्णायक छलफल हुँदै

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद मत्थर हुने बाटोमा लागेको छ । दुई अध्यक्षबीच शक्ति बाँडफाँडलाई ब्यवस्थित बनाएर सहमति गर्नेगरि छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । ठोस सहमति नभएपनि छलफल सकारात्मक बाटोमा अघि बढेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । स्थायी कमिटीको आज बस्ने बैठकअघि पनि दुई अध्यक्षबीच थप छलफल हुनेछ । पार्टी एकीकरणका क्रममा २०७५ जेठ २ को पाँचबुँदे सहमति र २०७६ ४ मंसिर ४ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णयकै जगबाट समाधान खोज्ने गरी छलफल भइरहेको छ । गुटबन्दी गरेर आफूलाई हटाउन खोजेका कारण कदम चाल्नुपरेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । प्रचण्ड प्रधानमन्त्री पद कायम राख्दै अध्यक्षमा एकल अधिकार दिएर अगाडी बढे सहमति हुने बताइरहनु भएको छ । सहमति भइनसकेपनि पछिल्लो वार्ताबाट प्रधानमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ । आज स्थायी कमिटी बैठक चलाउने समझदारी पनि भएको छ । बिहान दुई अध्यक्षबीचको छलफलले नै अन्तिम टुंगो लगाउने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । दुई अध्यक्षको छलफलका कारण स्थायी कमिटी बैठक तीनपटक स्थगित भइसकेको छ । आजको स्थायी कमिटी बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्