नीमादेवी खनाल स्मृति पुरस्कार वितरण – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

नीमादेवी खनाल स्मृति पुरस्कार वितरण

    मा प्रकाशित

घोराही । नीमादेवी खनाल स्मृति बालप्रतिभा पुरस्कार आदर्श मावि देउपुरमा शुक्रबार वितरण गरिएको छ । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार एवं पुरस्कार संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको थियो । खनालले आफ्नी आमाको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो ।

विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरेर पुरस्कृत स्रष्टा छनोट गरिएको थियो । प्रतियोगिताबाट जनता माविका निर्जला पुन मगर प्रथम, गोरखा नमूना माविका शिल्पा केसी द्वितीय, मावि फल्कापुरका समीर केसी तृतीय र आदर्श मावि देउपुरका अस्मिता खनालले सान्त्वना पुरकार प्राप्त गर्नुभएको थियो । साहित्यकार डा. हिमलाल पन्थी र विणा रोका निर्णायक हुनुहुन्थ्यो ।

सो अवसरमा आदर्श माध्यमिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी, प्रधानाध्यापक कुलचन्द्र पौडेल, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष नीमबहादुर थापा, साहित्यकारहरु डा. हिमलाल पन्थी, गंगानाथ कोइराला, छविलाल कोपिला, अर्जुनकुमार पौडेल, तेजप्रसाद खनाल, शिक्षक अभिभावक संघका जीतबहादुर केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । राप्ती साहित्य परिषद् दाङका सदस्य विणा रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन परिषद्का सदस्य गुरुप्रसाद कुमाल ‘बुलबुल’ले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्