कविता : बदलिएको मान्छे म – Kanika Khabar
Friday, May 3Nepali News Portal

कविता : बदलिएको मान्छे म

    मा प्रकाशित

सानो सानो कुरामा चित्त दुखाउने मान्छे म
आजभोलि जति ठुलो कुराले पनि मलाई फरक पार्दैन

केही वर्ष अगाडि किताब छुन मन नलाग्ने मान्छे म
आज भोलि तिनै किताब नहुँदा मनमा अशान्ति छाउने गर्दछ

कसैले यति धेरै बदलाव कसरी आयो भनी सोध्दा
मुस्कुराएर टारिदिने गर्छु
तर किन यति ढिला बदलिएको भन्ने प्रश्नले
मलाई पलपल मनमा सताइरहने गर्दछ

पहिलेको देख्दा त धेरै बदलाव देखेको छु
मेहेनत , संघर्षशील , भएको ठान्ने गरेको छु
त्यसैले त आजभोलि
म बदलिएको छु
बदलिएको मान्छे हुँ म

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्