अाजदेखि दाङमा काेराेना टेस्ट – Kanika Khabar
Monday, December 8Nepali News Portal

अाजदेखि दाङमा काेराेना टेस्ट

    मा प्रकाशित

कनिका खबर संवाददाता
बैशाख १५, दाङ ।

दाङमा पहिलो पटक भएको कोरोना परीक्षणमा ११ जनाको रिपोर्टन नेगेटिभ आएको छ । घोराहीका ५, तुलसीपुरका ५ जना र एकजना कारागारमा रहेका कैदीको स्वाब परीक्षण गरिएको हो । सोमवार उक्त परीक्षणको नतिजा सार्वजनिक गर्दै प्रतिष्ठानले जाँच गरिएका ११ जना मध्य कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको जनाएको छ । ‘प्रतिष्ठानमा कोरोना परिक्षण मेसिन जडान भएपछि पहिलो पटक ११ जनाको स्वाब परीक्षण गर्यौँ,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले भनिन् ‘परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।’ पहिलो चरणको परीक्षणका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो । पहिलो चरणको परीक्षण भएकाले प्रतिष्ठानले थप पुस्ट्याईँ गर्नका लागि स्वाब परीक्षणका लागि बुटवल पठाएको थियो । प्रतिष्ठानले गरेको उक्त परिक्षण बुटवलमा पनि नेगेटिभ आएको थियो । ‘पहिलो चरणको परीक्षण भएकाले हामीहरुले क्रस जाँचका लागि बुटवल पनि पठायौँ,’ डा. भण्डारीले भनिन् ‘बुटवलमा पनि उक्त रिपोर्ट नेगेटिभ आयो ।’
पहिलो चरणको जाँच भएकाले थप पुष्ट्याईँका लागि बुटवल पठाईएको भए पनि अब भने प्रतिष्ठानले बाहिर स्वाब नपठाउने जनाईएको छ ।
प्रतिष्ठानमा गत शुक्रबारदेखि कोरोना परीक्षण सुरु भएको हो । पहिलो पटक ११ जनाको स्वाब परीक्षण गरेको प्रतिष्ठानले ६ जनाको स्वाब परीक्षण गर्दै छ । अहिले प्रतिष्ठानको आइसाेलेशनमा रहेका ६ जनाको स्वाब परीक्षणको तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्