
काठमाडौं, २६ भदाै ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।
नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयाघात भए लगत्तै उपाध्यक्ष नेम्वाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले नेम्वाङलाई मृत घोषणा गरेका छन् ।
नेम्वाङकाे मृत्यु भएकाे खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका हुन्।


