आज दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

आज दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, ५ नम्बर, गण्डकी, बागमती, २ नम्बर र १ नम्बर प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी राति पनि प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का धेरैजसो तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षा हुने क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्