नेम्वाङकाे अन्त्येष्टि बिहीबार गरिने – Kanika Khabar
Wednesday, March 25Nepali News Portal

नेम्वाङकाे अन्त्येष्टि बिहीबार गरिने

    मा प्रकाशित

काठमाडौं, २६ भदाै ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान गरिने भएकाे छ ।

आज मंगलबार बसेको एमाले सचिवालय बैठकले
नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ :०० बजे गर्ने निर्णय गरेको हो।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्