कविता : कहाँ विलिन भयौ पिता ? – Kanika Khabar
Monday, February 16Nepali News Portal

कविता : कहाँ विलिन भयौ पिता ?

    मा प्रकाशित

परिवारको आशा
छोराहरूको परिभाषा
खै किन यसरी बिस्र्यौ आज
फर्केर आएनौ आफ्नो जन्म बास।

सानो भाइ सोध्दै थियो
दाइ खोइ त हाम्रो बुबा ?
म कसरी भनूँ कमाउन
गएसँगै रमाए त्यतै उनी पनि।

साथीले भन्छ ओहो तिमी त कति भाग्यमानी
शब्दै थप्प हुन्छन सधैँ
जब भन्न खोज्छु मेरो मेरुदण्ड नै छैन मसँग भनी।

मेरो हरेक सफलताको अधिकार बन्ने तिमी
आज तिमी बिना नै संसार जित्ने भइसके
एकदिन त फर्केर्यौला भन्ने आशले आधा
जीवन त एक्लै, रुदै काँटी सके।

 

कति खुसी हुन्थे होला
आफन्तको प्यारो हुन्थे होला
यदि तिमी मेरो काँधमा हात राखेर हिँडेको भए
संसार कै दुःख भुलेर तिमीसँग रम्ने थिए होला।

साथीभाइ, समाजको हेला
परिवार, आफन्तको बोझ बन्ने थिएन होला
यदि तिमीले नी आफ्नो कर्तव्य निभाईदिएको भए
यति सानो उमेरमा परिपक्क बन्नु पर्ने थिएन होला।

कति रोएका थिए होला
ती बुढी आमाको आँखा
कमाउन गएको छोरो, उतै बिलिन हुँदा
तिमीलाई त पक्कै थाहा छ होला, परिवारको व्यथा
त्यही पनि किन बिलिन भयौँ, ए मेरा पिता।
त्यही पनि किन बिलिन भयौँ, ए मेरा पिता ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्