अमेरिका अलग भयो डब्लूएचओसँग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अमेरिका अलग भयो डब्लूएचओसँग

    मा प्रकाशित

कनिका डेस्क
असार २४, दाङ
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ । कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गर्नुभएको थियो । त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय समुदाय तथा स्वयम् अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्नुभएन र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाउनुभएको छ । अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । तर यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्नसक्ने बताइएको छ । अमेरिकाका विपक्षी सांसदले भने ट्रम्पको यो निर्णयको आलोचना गर्दै यसले अमेरिका र अमेरिकी नागरिकलाई हानी पु¥याउने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी कांग्रेसका नेता सेनेचर बब मेनेन्डेजले ट्विट गर्दै यस्तो महामारीबीच डब्लूएचओसँग अलग हुने ट्रम्पको ‘अराजक’ निर्णयले अमेरिकी नागरिकको जीवन असुरक्षित र अमेरिकालाई एक्लो बनाएको आरोप लगाउनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्