फेलोसिप खसी कप प्रतियोगिता २०८० सुरु – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

फेलोसिप खसी कप प्रतियोगिता २०८० सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
भदौ, २८ दाङ ।
फेलोसिप खसी कप प्रतियोगिता २०८० आज देखि दाङको तुलसीपुरमा सुरु भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर ६ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष बैरागीले नेपालको राष्ट्रिय खेल भलिबलको पहिचान र गरिमा लाई स्थापित गर्न स्थानिय स्तरका गतिबिधिले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।
स्थानिय स्तरमा यस्ता प्रतियोगिता हुन आवश्यक छ जसले नवप्रतिभालाई उच्चतम स्थान दिन्छ उहाँले भन्नुभयो । साथै उहाँले अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न खेलाडी लाई आग्रह गर्नुभयो ।
भलिबलका लेवल वान कोच तथा राष्ट्रिय रेफ्री द्रोण चन्दको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच आर मगरले गर्नुभएको थियो । यसैबिच प्रतियोगितामा कुपिन्डे युथ क्लब सल्यान र राप्ती किङ भलिबल ट्रेनिङ सेन्टर तुलसिपुर बिजयी भएका छन ।
बागचौर सल्यान लाई उद्घाटन खेलमा ३(१ को सेटमा पराजित गर्दै पराजित गर्दै कुपिन्डे युथ क्लब बिजयी भएको हो ।त्यस्तै राप्ती बबई क्याम्पस तुलसिपुर लाई ३(० को सोझो सेटमा पराजित गर्दै राप्ती किङ बिजयी भएको हो । भोलि शुक्रबार पहिलो खेलमा हेलो मोबाईल र अखिल क्रान्तिकारी भिड्नेछन् । खेल बिहान ७ बजे देखि सुरु हुनेछ ।
प्रतियोगितामा दाङ,सल्यान र रुकुम जिल्लाका १० टिमको सहभागिता रहेकोछ । प्रतोयोगिताको बिजेताले २५ हजार बराबरको खसी संगै मेडल हात पार्नेछ । त्यस्तै उपबिजेताले मेडल मात्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्