ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको सङ्क्रमण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको सङ्क्रमण

    मा प्रकाशित

कनिका डेस्क
असार २४, दाङ
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

६५ वर्षिय राष्ट्रपति बोलसोनारोले हिजो टेलिभिजनमार्फत् सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभएको हो । उच्च ज्वरोका कारण उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो । हिजो आएको रिपोर्टमा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उल्लेख गर्दै यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

उहाँ मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो । ब्राजिल कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्