विद्यालय शिक्षा विधेयक २०८० : असोज ३ गतेदेखि नेपाल शिक्षक महासंघको सडक संघर्ष – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

विद्यालय शिक्षा विधेयक २०८० : असोज ३ गतेदेखि नेपाल शिक्षक महासंघको सडक संघर्ष

    मा प्रकाशित

काठमाडौँ, २९ भदौ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा नेपाल शिक्षक महासंघले विरोध जनाएको छ । विधेयकमाथि असहमति प्रकट गर्दै महासंघले विधेयकविरुद्ध आन्दोलन गर्ने भएको हो । महासंघको शनिबार बसेको बैठकले असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासंघकी अध्यक्ष कमला तुलाधरले सरकारसँग गरिएको छलफल र सहमति अनुसारको शिक्षा विधेयक संसदमा दर्ता नभएकोले सडक आन्दोलनमा जान बाध्य भएको बताएकी छन् । उनले शिक्षकहरुका धरै मागहरु पूरा नगरी विधेयक संसदमा दर्ता भएको र स्थानीय तहलाई धेरै अधिकार दिएकोले असोज तीन गतेदेखि सदन र सडक दुबै आन्दोलन गर्ने निर्णय भएको बताइन् ।

साथै देशभरका शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएको र ट्रेड युनियन अधिकारको पनि सुरक्षा नभएकोले देश भरका शिक्षक काठमाडौंमा जम्मा भएर निर्णायक सडक आन्दोलन गर्ने बताइन ।

नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गराएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्