थप २ सय ५५ जना संक्रमित सहित नेपालमा कोरोना संक्रमित १६ हजार ४ सय २३ पुगे – Kanika Khabar
Saturday, April 27Nepali News Portal

थप २ सय ५५ जना संक्रमित सहित नेपालमा कोरोना संक्रमित १६ हजार ४ सय २३ पुगे

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप दुइ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप दुइ सय ५३ जना कोरोना सङ्क्रमित निको भएको बताएको छ । काठमाडौँ उपत्यकामा मात्र गत २४ घण्टाको अवधिमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १० जना र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या सात हजार सात सय ५२ पुगेको बताउनुभयो । उहाँले हालसम्म नेपालका विभिन्न स्थानमा गरि आठ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेको पनि जानकारी दिनुभयो । यस्तै हालसम्म नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा २५ हजार ४० जना रहेको र पछिल्लो २४ घन्टामा चार हजार ६ सय ९६ वटा पिसिआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा भने कसैको पनि कोरोना सङ्क्रमका कारण मृत्यु भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्