वैकल्पिक विधिको प्रयोग गरेर विश्वविद्यालयलाई पठनपाठन र परीक्षाका लागि निर्देशिका जारी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

वैकल्पिक विधिको प्रयोग गरेर विश्वविद्यालयलाई पठनपाठन र परीक्षाका लागि निर्देशिका जारी

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं ।
विश्वविद्यालयले अनलाइनसहित विभिन्न वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठन साथसाथै परीक्षा सञ्चालन गर्न सक्ने भएका छन् । विश्वविद्यालय अनुदान आयोगले कोरोना महामारीले उच्च शिक्षामा पु¥याएको क्षति न्यूनीकरणका लागि छाता निर्देशिका जारी गर्दै नयाँ व्यवस्था गरेको हो । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसका शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन थालेका छन् ।

महामारीको बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिनुभयो । निर्देशिकाले अनलाइन कक्षालाई जोड दिँदै नियमित पठनपाठन, परीक्षा सञ्चालनका वैकल्पिक विधि तोकेको छ । अनलाइन विधिबाट पठनपाठन र परीक्षा सम्भव नभए अन्य वैकल्पिकसहित परम्परागत विधिको पनि प्रयोग गर्न सकिने अधिकारीले बताउनुभयो । त्यसको निर्णय विश्वविद्यालयको कार्यकारी र प्राज्ञिक परिषद्ले गर्न सक्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्