जिपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु – Kanika Khabar
Saturday, June 6Nepali News Portal

जिपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

    मा प्रकाशित

पाल्पा, ३ असोज ।
पाल्पामा जिपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बगनासकाली गाउँपालिका–७ झाँक्रीस्थानका २८ वर्षीय सुधन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज बुधवार सदरमुकाम तानसेनदेखि बगनासकाली–७ खानीगाँउका लागि छुटेको जीपले बगनासकाली–९ चाप्पानीको भित्री पक्की सडकमा भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट गम्भीर घाइते सुधनको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्