आन्दोलनलाई मर्यादित बनाउनुहाेस् : गृहमन्त्री – Kanika Khabar
Friday, May 17Nepali News Portal

आन्दोलनलाई मर्यादित बनाउनुहाेस् : गृहमन्त्री

    मा प्रकाशित

दाङ, ४ असाेज ।

सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका छन् ।

गृहमन्त्री श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुबिच आज बिहान भएकाे छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका हुन् ।

उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफल गरेका थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । आजको छलफलमा गृहमन्त्रीसँगै शिक्षामन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतको सहभागिता रहेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्