मावि सौडियारमा अङ्ग्रेजी मिडियमको पठन पाठन सञ्चालन हुने – Kanika Khabar
Friday, May 17Nepali News Portal

मावि सौडियारमा अङ्ग्रेजी मिडियमको पठन पाठन सञ्चालन हुने

    मा प्रकाशित

घोराही, असोज ४ ।

मावि सौडियारले शुक्रबारदेखि अङ्ग्रेजी मिडियमको पठनपाठन सन्चालन गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अङ्ग्रेजी माध्यमको पठन पाठन सन्चालन गरिने जानकारी दिए ।

भट्टराईले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई प्ले ग्रुपदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमको पढाइ गर्न सञ्चालन गर्न निर्देशन दिएको विद्यालय व्यवस्थापन समिति सदस्य जिउधन चौधरीले जानकारी दिए । चौधरीले आइतबारदेखि विद्यालयको विहानको प्लस टु र विद्यालयको नेपाली मिडियमको पढाइ पनि सञ्चालन गर्न पनि विद्यालयका प्रअ गौतमलाई निर्देशन दिएको बताए ।

विद्यालयका प्रअ गौतमले पढाइ सञ्चालन गर्ने कुरामा सकारात्मक रहेको र सोही अनुसार शिक्षक र विद्यार्थीलाई जानकारी गराउने बताए ।

विव्यस अध्यक्ष भट्टराईले शिक्षकको जारी आन्दोलनमा बिब्यसको तर्फबाट ऐक्यवद्धता जारी गर्दै जायज माग तत्काल सरकारले पुरा गरेर शिक्षकलाई कक्षा कोठामा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

शिक्षकहरुको आन्दोलनलाई सफल बनाउन विव्यसको तर्फबाट कालोपट्टी बाधेर सरकारलाई खबरदारी गर्न शिक्षकलाई विद्यालयमा सहयोग गर्ने, तर, सामुदायिक विद्यालयमा दिनप्रति दिन विद्यार्थी संख्या घट्दै गइरहेकाले विद्यालय बन्द गर्ने कुरामा सहमत हुन नसक्ने अध्यक्ष भट्टराईले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्