अनियमितता लुकाउन पत्रकार सम्मेलन – Kanika Khabar
Friday, March 13Nepali News Portal

अनियमितता लुकाउन पत्रकार सम्मेलन

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, मुगु
मुगुको सोरु गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्ने विषयमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि गाउँपालिकामा कार्यरत कर्मचारीले भ्रष्टाचार नगरेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । विगत दुई हप्तादेखि सोरु गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्ने समाचार आउन थालेपछि कर्मचारीले कुनै आर्थिक अनियमितता नभएको भन्दै आज पत्रकार सम्मेलन गरेका हुन् । उनिहरुले गाउँ छोडी सदरमुकाम आएर आफुहरु माथी लगाइएको मुद्दा गलत भएको र गाउँपालिकाका अध्यक्ष लोकजंग शाहीले आफैले अनियमितता गरेको आरोप लगाएका छन् । गत आइतबार गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह नुवाकोट सडकको नौ लाख २१ हजार अनियमित गरेको आरोप लगाउदै प्रशासनमा उजुरी दिनुभएको थियो । त्यसको दुई दिन पछि त्यहाँ कार्यरत कर्मचारीले पनि प्रमुख प्रशासकिय अधिकृत र लेखापालको बचाउ गर्दै प्रशासनमा उजुरी दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्