मावि सौडियारमा अङ्ग्रेजी माध्यमको पठनपाठन सुचारु – Kanika Khabar
Friday, May 17Nepali News Portal

मावि सौडियारमा अङ्ग्रेजी माध्यमको पठनपाठन सुचारु

    मा प्रकाशित

No description available.दाङ, असोज ५ ।
घोराही ७ सौडियार स्थित मावि सौडियारमा स्थायी शिक्षकहरुको आन्दोलन चलिरहेकै बेला विव्यसको पहलमा अङ्ग्रेजी माध्यमको पढाइ सन्चालन भएको छ । पढाइ सुचारु गरेकोमा शिक्षकलाई विव्यसले धन्यवाद दिएको छ । आइतबारदेखि नियमित कक्षा सुरु हुने विव्यसले जनाएको छ ।

आन्दोलनले उठाएका जायज मागप्रति विव्यसको समर्थन हुँदाहुँदै पनि विद्यालयका प्रअ ज्ञानेन्द्र गौतमले नै आफै आन्दोलनकारी भएको र विद्यालय खुल्ने भनेपछि बन्द गर्न दबाब आएकाले विद्यालय खुलाउन नसक्ने ब्यहोरा उल्लेख गर्दै कारबाही भोग्न तयार रहेको बताएपछि विव्यस सदस्य जिउधन चौधरीको पहलमा विद्यालयको मुल गेट बाहिर र पछि ताला खोलेर विद्यालयको प्राङ्गणमा बसेर शिक्षकले पढाउन सुरु गरेको विव्यस अध्यक्ष निशानदाजु भट्टराईले बताए । त्यसको लागि विव्यसको अनुरोधलाई स्विकार गर्दै आन्दोलनलाई सिर्जनात्मक बनाउने कुरामा सहयोग गरेकोमा शिक्षकप्रति अध्यक्ष भट्टराईले आभार ब्यक्त गरे ।

आइतबारबाट बिहानको प्लस टु र नेपाली मिडियमको पढाई पनि सुरु गर्ने विव्यसको भनाई छ । यदि स्थायी शिक्षकहरुले आफ्नो दायित्व भुलेर आन्दोलनमा जारी राख्ने भए आन्दोलनको समयमा आफै बिदामा बस्न पनि अध्यक्ष भट्टराईले अनुरोध गर्दै अन्यथा कानुन बमोजिम हुने कुरामा सचेत गराएका छन । पहिलो दिन थोरै विद्यार्थी उपस्थित भए पनि पढाइ सुरु गरिएको भन्दै विव्यस सदस्य जिउधन चौधरीले बालबालिकाको भबिष्यप्रति खेलवाड नगरौ भन्ने सन्देश दिन विद्यालय खोलिएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्