विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा अमेरिकाले औपचारिक प्रक्रिया थाल्यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा अमेरिकाले औपचारिक प्रक्रिया थाल्यो

    मा प्रकाशित

कनिका डेस्क
असार २४, दाङ
अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने औपचारिक प्रक्रिया सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा औपचारिक प्रक्रिया सुरु गरेको हो । ट्रम्प प्रशासनले संगठनबाट अलग्गिने सम्बन्धी जानकारी संयुक्त राष्ट्र संघलाई पत्र लेखेर जानकारी गराइसकेको छ । संयुक्त राष्ट्र संघले पनि विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग्गिने विषयमा औपचारिक जानकारी प्राप्त भएको पुष्टि गरेको छ । संगठनबाट अलग्गिने प्रक्रियाका लागि एक वर्षको समय भने लाग्नेछ । अमेरिकाले पटक पटक कोरोना महामारीको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन असफल भएको र चीनले भने अनुसार काम गर्दै आएको आरोप लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत मे महिनामा नै विश्व स्वास्थ्य संगठनबाट अलग्गिएको घोषणा गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्