जिल्ला वन क्षेत्र समन्वय समितिद्वारा वार्षीक कार्य प्रगति समीक्षा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

जिल्ला वन क्षेत्र समन्वय समितिद्वारा वार्षीक कार्य प्रगति समीक्षा

    मा प्रकाशित

कनिका खबर
असार २४, लमही ।
डिभिजन वन कार्यालय देउखुरीले चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षीक वजेट तथा कार्यक्रम अन्र्तगत ७६ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिद्वारा आज लमहीमा आयोजित वार्षीक कार्य प्रगति समीक्षात्मक बैठकमा डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति देउखुरीका सदस्य सचिव प्रबिण बिडारीले कोरोना भाईरसको जोखिमको बाबजुद पनि डभिजन वन कार्यालय देउखुरीले ७५ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको बताए । कार्यालयले उद्योग पर्यटन वन तथा वातावरण मनत्रालय, संघीय सरकारको सशर्त अनुदान, वन तथा वातावरण प्रदेश पाच सरकारको पर्यटन बिकाश तथा प्रर्बदन कार्यक्रम र जडिबुटि कार्यक्रम शिर्षकमा बिनियोजित ५करोड ३० लाख ६५ हजार बजेट मध्य ३करोड ७५ लाख अर्थात करिब ७५ प्रतिशत कार्य सम्पन्न गर्न सफल भएको वन कार्यालय योजना शाखाका प्रमुख लालबाबु यादबले बताए । वन क्षेत्र समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश शभा सदस्य ईन्द्रजित चौधरीको प्रमुख आतिथ्यतामा बेैठक सम्पन्न भएको हो ।
वन कार्यालयले एक नगर एक उधान कार्यक्रम अन्र्तगत लमही नगरपालिकाको अजम्बरी सामुदायिक वन क्षेत्रमा ३० लाखको लागतमा उद्यान निर्माण, गोबरडिहा गाउँपालिका अन्र्तगत बाघनाथ बाबा जगलकुटीमा ५० लाखको लागतमा वनस्पति उदान निर्माण , बगारबाबा धार्मिक धाम रिहारमा २० लाखको लागतमा पर्यटन पुर्बाधार निर्माण , गढवाको कोइलाबासमा दुई लाख रुपैयाको लागतमा प्रतीक्षालय निर्माण, राप्ती गाउँपालिकामा शिव मन्दिर संरक्ष्ण, गढवाको हशेश्वर मन्दिर टेग्नैयाबाबा मन्दिर संरक्षण लगायतका कामहरु सम्पन्न गरको जानकारी गराएका थिए । त्यसैगरी पोखरी संरक्षण , बिजय साल संरक्ष्ण डढेलो नियन्त्रण , चोरी सिकारी नियन्त्रण तथा रोकथाम नेत्रलाल अभागी स्मृति गेट निर्माण , जडिबुटि उत्पादन तथा वितरण , सडक सौन्दर्यकरण कार्यक्रम, फलफुलका विरुवा विरतण लगायतका कार्यहरु गरेको जनाएको छ । ।
विगत दुई वर्ष अघि अर्थात् २०७५ साल कार्तिक ७ गते देउखुरीमा डिभिजन वन कार्यालय स्थापना भएपछि वन क्षेत्रबाट हुने चोरी सिकारी नियन्त्रण भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए । कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत देवी चौधरीले गरेका थिए । सो अवसरमा देउखुरी क्षेत्रबाट वन विकासको क्षेत्रमा उत्कृष्ट कार्य मुल्याङकनसहित गढवाको प्रगति सामुदायिक वन दोस्रो, राप्तीको त्रिशक्ति सामुदायिक वन तेस्रो र लमही नगरपालिककाको वनलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो ।
यसैबिच प्रदेश सभा सांसद ईन्द्रजित चौधरीले देउखुरीमा डिभिजन वन कार्यालय खुलेपछि वन क्षेत्रबाट अबैध चोरी निकासीको काम घटेको बताए । उनले वन क्षेत्रको विकासमा स्थानीय उपभोक्ता सक्रिय हुनु पर्नेमा जोड दिए । जुन क्षेत्रको वन उपभोक्ता चनाखो छ बाठो छ त्यो क्षेत्रमा वजेट पनि गएको छ । काम पनि भएको छ । त्यसैले आफ्नो वन क्षेत्रको विकासका लागि उपभोक्ता सक्रिय हुनुपर्छ चौधरीले भने । डिभिजन वन कार्यालय देउखुरीको आयोजनामा आज आयोजित वन क्षेत्र संरक्षण समितिको वार्षीक प्रगति समीक्षा कार्यक्रममा प्रमुख अतिथि बनेका चौधरीले सो कुरा बताए । उनले वन क्षेत्रबाट विकासका नाममा उत्खनन् गरिएका ढुङगाजन्य पदार्थको उपयोग सर्बप्रथम सोही क्षेत्रकै विकासको लागि हुनुपर्नेमा जोड दिए । उनले स्थानीय उपभोक्ता सक्रीय नहँुदा उपभोक्ताले बचाएको वन क्षेत्रको ढुङगाजन्य पदार्थको गलत प्रयोग हुन सक्ने तर्फ सकेत गर्दे सो कुरा बताए । कतिपय कुराहरु स्थानीय सरकार र वन कार्यालयबिच तालमेल नहुँदा कार्य सम्पादनमा असहज देखिएकोले त्यस्ता समस्याहरु समाधानको लागि वन कार्यालय र स्थानीय सरकारबिच समन्वयकारी भुमिका निर्वाह हुन जरुरी रहेको बिचार ब्यक्त गरे । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले वनको कानुन अप्ठेरो र झन्झटिलो भएकोले त्यसको परिमार्जन गर्न आवश्यक रहेको बताए । स्पष्ट कानुनको अभावमा रुख हटाउन नसक्दा लमही कोइलाबासको हुलाकी सडकको लागि नाला बनाउने काममा अवरोध भएको बताए । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले वन क्षेत्र र स्थानीय सरकारबिचको समन्वयको आभावमा कतिपय अस्थामा स्थानीय सरकारलाई वन क्षेत्र भएका ठाउँमा विकासका काम गर्न असहज भएको बताए । जिल्ला समन्वय समिति दाङका जितेन्द्र मान नेपालीले नदीजन्य पदार्थको उत्खननमा स्थानीय सरकारहरु नियमसंगत तरिकाले अघि बढ्न नसकेको भन्दै दुखेसो पोखे । कार्यक्रममा नेकपाका नारायण डिसी छम्पाली नेपाली काग्रेसका प्रतिनिधि रेशम बहादुर खड्काले स्थानीय सरकार प्रदेश सरकार र सघीय सरकार गरी तिन तहका सरकारले नीतिगत र कानुनी कुरामा प्रष्टता हुन नसकेका कारण आम नागरिकहरु समस्या भोग्न बाध्य भएको बताए । सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ देउखुरीका सयोजक हरि भुषाल , नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह लगायतले बोलेका थिए । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सचालन देबि चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्