मावि साैडियार : आन्दोलनमा सहभागी शिक्षकले पाएनन् हाजिर गर्न – Kanika Khabar
Friday, May 17Nepali News Portal

मावि साैडियार : आन्दोलनमा सहभागी शिक्षकले पाएनन् हाजिर गर्न

    मा प्रकाशित

घोराही, असोज ७ ।
शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङसहीत देशभर आजदेखि सुरु भएको छ । विद्यालयमा पठनपाठन सुरु भएपछि विद्यार्थिहरु खुशी देखिएका छन् । शिक्षकहरु विद्यालय बन्द गरेर अनिश्चतकालीन बन्दमा उत्रेपछि लाखौ विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको थियो ।

यसैक्रममा दाङको घोराही ७ सौडियारस्थित मावि सौडियार माध्यमिक विद्यालयमा शिक्षक आन्दोलनकाक्रममा असोज ४ र ५ गते विद्यालय वन्द रहेकाले सो दुई दिन विद्यालयको हाजिरी पुस्तिकामा हाजिर गर्नवाट विव्यसले रोक लगाएको छ ।

शिक्षकको आन्दोलनका कारण विद्यालयमा पठनपाठनका गतिविधि नभएका कारण त्यस दिनको विद्यालयमा हाजिरी नगर्न विव्यसको तर्फवाट रोक लगाईएको विव्यस सदस्य जिउधन चौधरीले बताए । चौधरीले विहानपख सञ्चालन हुने प्लस टुतर्फ पढाउने शिक्षकहरुलाई शिक्षक आन्दोलनका क्रममा विद्यालय बन्द भएको दिन हाजिरी नगर्न विव्यस अध्यक्ष निशानदाजु भट्टराईको नेतृत्वको टोलीले विद्यालय पुगेर शिक्षकहरुलाई आग्रह गरेको थियो ।

विव्यसको अनुरोध वमोजिम प्लस टु तर्फका कुनै पनि शिक्षकहरुले आन्दोलन भएको दिन हाजिरी नगरेको विव्यस चौधरीको बताए । चौधरीले विहान १० बजेदेखि सुरु हुने प्ले ग्रुरपदेखि कक्षा १० सम्म अङ्गेजी माध्यम र नेपाली माध्यम तहमा पढाउने प्रधानाध्यापकसहित २८ जना शिक्षकहरुलाई आन्दोलनका दिनको समयमा विव्यसको तर्फवाट रातो लगाएर हाजिरी गर्नबाट रोक लगाईएको बताए । विव्यस अध्यक्ष भट्टराइले शिक्षकहरुको आन्दोलनमा समर्थन भए पनि विद्यालय नै वन्द गर्ने कुरामा सुरुदेखि आफूहरुको असहमति रहेकाले शिक्षक आन्दोलनकैक्रममा असोजको ५ गते शुक्रवारका दिन प्ले गु्रपदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा सकारात्मक सन्देश दिन पढाइ सुरुसमेत गरिएको बताए । उनले आन्दोलनका वेला हाजिरी गर्न रोक लगाएको बारे विव्यसले घोराही उपमहानगर शिक्षा महाशाखालाई पनि जानकारी दिइएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्