‘न्युज क्रिम’ रिपोटर्स क्लव दाङ स्थापनाको दस वर्ष – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘न्युज क्रिम’ रिपोटर्स क्लव दाङ स्थापनाको दस वर्ष

    मा प्रकाशित

कनिका खबर
असार २४, दाङ ।
रिपोटर्स क्लव दाङ स्थापना भएको दस वर्ष पूरा भएको छ । कोभिड १९को कारण यस वर्ष क्लवले कुनै औपचारिक कार्यक्रम गरेन । क्लव दस वर्ष पुगेको अवसरमा क्लवका अध्यक्ष शरद रेग्मीले एक वक्तव्य जारी गरी दस वर्षको यात्रामा सहयोग तथा सद्भाव राखने एवम् शुभचिन्तकहरुप्रति आभार प्रकट गरेका छन् ।
अध्यक्षम शरद रेग्मीद्वारा जारी वक्तव्य
विगत दस वर्षदेखिको हाम्रो सुचनाको अभियानले समग्र दाङलाई जोडेको छ । जनताका गुनासादेखि नेताका अभिव्यक्ति सुन्ने साझा थलोका रुपमा रहेको रिपोटर्स क्लव दाङ कसैका लागि पनि प्रवेशमा असहज बनेन । अर्थात ‘न्युज क्रिम’का रुपमा रहेको यस संस्थालाई आम जनसमुदायले न्युज मेकर संस्थाका रुपमा लिदै आएको हाम्रो अनुभुति छ ।
साना राजनीतिक दलहरु होऊन् वा सत्तारुढ प्रमुख राजनीतिक दलदेखि उपराष्ट्रपतिसम्म तथा जंगलका राजा राउटेको पनि आवाज रिपोटर्स क्लवमा पोखिएको पनि स्मरण गराउन चाहन्छौं ।
जसका निरन्तर हुने परिणाममुखी साक्षात्कारहरुले दाङ र यस क्षेत्रको विकासमा थप मद्दत पुगेको हामीले प्रत्यक्ष महसुस गरेका छौँ । जनताले हामीलाई न्युज मेकर संस्थाका रुपमा लिएको पनि यहाँहरुलाई अवगतै छ ।
रिपोटर्स क्लव एउटा ताररहित पुल हो, जसले मुलुकका कुनाकाप्चासम्म दाङलाई जोडेको छ । दाङलाई सिधा काठमाडौंसम्म जोडदै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समाचार मार्फत हङ्गामा मच्चाउने एक मात्र फोरम दाङमा रिपोर्टस क्लव अझ मजवुत र सक्रीय हुँदै गएको छ । दाङमा आएको भीषण बाढीको अवस्थामा पीडितहरुलाई राहतको पहुँचमा ल्याउने सवालमा होस् वा महाभुकम्पका वेला मुलुकलाई सही दिशामा डो¥याउन क्लवले गरेका योगदानलाई स्मरण गर्न र गराउन चाहन्छौं ।
मुलुक दसवर्षे द्वन्द्वको चपेटोमा परेको अवस्थामा होस् वा शान्तिपछि पनि संक्रमणकालीन न्यायका सवालमा क्लवले अविस्मरणीय योगदान गरेको अवस्थासँगै मुलुकमा संघीयता आइसकेपछि शान्तिवार्ता भएकै स्थान हापुरेमा फेरि अधिकारकर्मी एवं नेताहरुसँगको वृहत अन्तरक्रियामा पनि हाम्रो भ्ुमिकाको प्रशंसा भएकै हो ।
पश्चिम नेपालमा दुई सय बढी पत्रकारहरु सदस्य रहेको रिपोर्टस क्लवमा जिल्लाका सर्वाधिक ठुला राशिका दसवटा पत्रकारिता पुरुस्कारहरु समेत स्थापना भएका छन । क्लवको बिपि चौकस्थित तुलसीपुर उपमहानगरपालिकाका संस्थापक मेयर शंकर प्रसाद आचार्यको घरमा दिनहुँ कार्यक्रम गर्ने सुबिधायुक्त सभाहल रहेको छ ।
पछिल्लो समयमा विश्वसमुदाय फेरि विश्वप्यापी कोभिड—१९ को संक्रमणको चपेटोमा छ । यो महामारीबाट बच्न र बचाउन पनि हाम्रो अभियान त्यत्तिकै सक्रिय रहेको छ । यो विषम परिस्थितिमा आवश्यक राहत व्यवस्थापन र औषधि उपचारको व्यवस्थापनका सवालमा पनि हाम्रा सल्लाह र सुझावलाइ स्थानीय सरकारले रचनात्मक सुझावका रुपमा लिएको पनि स्मरण गर्न चाहन्छौं । साथै अन्तमा सुचनाको पहुँच विस्तारका क्रममा हाम्रा पाइला रोकिने छैनन् । हाम्रो दसौं वर्षगाँठका अवसरमा हामीलाई सुन्ने, पढ्ने आम पाठक एवं श्रोताहरु, विभिन्न सन्चारमाध्यम र सन्चारकर्मीहरुप्रति पनि विशेष आभार व्यक्त गर्न चाहन्छौं ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्