तुलसीपुरमा न्यायिक समितिको समीक्षा, सम्बन्ध विच्छेदका मुद्दा धेरै – Kanika Khabar
Friday, April 19Nepali News Portal

तुलसीपुरमा न्यायिक समितिको समीक्षा, सम्बन्ध विच्छेदका मुद्दा धेरै

    मा प्रकाशित

कनिका खबर
असार २४, तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले चालु आर्थिक वर्ष २०७६÷७७ मा गरेका विभिन्न कामहरुको समिक्षा गरेको छ । न्यायिक समिति संयोजक माया शर्माले चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका ८३ वटा मुद्दा दर्ता भएको जानकारी गराइन् । न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्दाहरु सम्वन्ध विच्छेदको रहेको सो क्रममा जानकारी गराइएको थियो ।
संयोजक शर्माले पछिल्लो समय पुरुष हिंसाका घटनाहरु पनि आउने थालेको जानकारी दिइन् । ‘हामीकहाँ सबैखाले हिंसाका घटनाहरु आइरहेका हुन्छन् । सबैलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौ’ उनले जानकारी दिइन् । समितिमा आएका विभिन्न उजुरीहरुलाई छिटो भन्दा छिटो फच्र्यौट गरिरहेको समेत उनको भनाई थियो । न्यायिक समितिमा दर्ता भएका अन्य मुद्दाहरुमा गाली बेइज्जतीका ६, जग्गा विवाद १०,कुटपिटका १, ज्याला मजदुरी ८ वटा ,ज्येष्ठ नागरिक पालन पोषण नगरेको २ वटा,कुलो विवाद ८ वटा, नाबालकलाई खान लाउन नदिएको २ वटा र प्रदुषण रोक्ने सम्बन्धि २ वटा रहेका छन् ।
यो आर्थिक वर्ष भित्र न्यायीक समितिले ३२ वटा विवाद मिलापत्र भएको जानकारी गराइएको थियो ।
न्यायिक समिति सदस्य जानका रेग्मीले न्याय सम्पादनलाई प्रभावकारी ढँगले अगाडी वढाएको जानकारी दिइन् । उनले कतिपय अधिकार भन्दा बाहिरका मुद्दाहरु आउने गरेको पनि जानकारी दिइन् । अर्की सदस्य यमुना परियारले मुद्दाहरु फच्र्याैट भए पनि त्यसको अनुगमन पनि गरिने जानकारी दिइन् । न्यायिक शाखा अधिकृत भिमप्रसाद मरासिनीले कार्यक्रम सहजीकरण गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्