पोखरा, ९ असोज ।
कास्की पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।
गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।
पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण भएको थियो। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो।


