उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता – Kanika Khabar
Thursday, April 18Nepali News Portal

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता

    मा प्रकाशित

शरद रेग्मी
२४ असार, दाङ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो ।
नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रीत हुनेछ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रासाद ढकाल र किशो प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।

केन्द्रीय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरसफाई अभियन्ता एव सफल युवा व्यवसायी बिमल रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर आफ्नो चुनावी अभियानलाई पुनः तीब्रता दिने तयारीमा लागेका छन् ।
कोभिड १९ को महामारी भित्रिएसँगै स्थगित भएको चुनावी अभियान महासंघको पछिल्लो निर्णय सार्वजनिक भएपछि पुनः देशभर चुनावी सरगर्मी बढ्न थालेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघ लगायत देशभरिका निजी क्षेत्रले स्थानीय सरकारसँग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै केन्द्रीय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझै पनि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए ।
साथै भविष्यमा आईपर्ने हरेक गतिबिधिहरुँसग जुधेर सामना गर्न आफूहरु निरन्तर लागि पर्ने रिजालले बताए ।
बेला बेलामा उत्पन्न हुने महामारी र प्रकोप नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनको भुमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता निजी क्षेत्रबाट आएसँगै स्थानीयस्तरमा काम गर्न थप उर्जा थपिएको जनप्रतिनिधिहरुले जनाएका छन ।
मंगलबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुन महासघको केन्द्रीय सदस्यमा पूर्व अध्यक्ष बिमल रिजालको नाम सर्बसम्मत पारित गर्दै नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिको सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।
देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रीय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा ल्याएका लोकप्रिय कार्यक्रमहरु,सरसफाई अभियानको मोडेल, बन्द भएको दाङ एयरपोर्ट सञ्चालनदेखि सभाहल निर्माणका प्रक्रियाहरु उदाहरणीय कामको रुपमा लिने गरिएका छन ।
प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रीय सदस्यहरु निर्वाचित हुने विधानतहः व्यवस्था महासंघको रहेको छ भने १८ जना मध्ये टप फईभभित्र तुलसीपुरबाट बिमल रिजाल पर्ने आँकलन महासंघको वर्तमान नेतृत्वले गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्