सङ्घर्षका पर्याय `प्रेम´ – Kanika Khabar
Friday, May 3Nepali News Portal

सङ्घर्षका पर्याय `प्रेम´

    मा प्रकाशित

घोराही, १० असाेज ।
विगत १० वर्षदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील प्रेमबहादुर बुढा मगरले यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा एमाले निकट रामप्रसाद पोखरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलबाट कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।

रोल्पाको परिवर्तन गाउँपालिका १ कुरेलीबाट दाङमा आई राम्रो व्यवसायिक सफलता भेट्न सफल बुढा मगर यस पटक व्यवसायिक हितका लागि काम गर्ने चुनावी एजेन्डाका साथ चुनावी मैदानमा सफलता भेट्नका लागि हाेमिएका हुन् ।

कुरेलीमा जन्मिएका प्रेमबहादुर बुढा मगर रोल्पाबाट दाङ झरेका रोल्पालीहरुमा माझ मात्रै होईन दाङका सबै व्यवसायी माझ लोकप्रिय मानिन्छन् ।

कोईलाबस एक वर्षमा पाँच पटक नुन बोकेर पैदल रोल्पा पुगेका बुढा मगरको जीवनको व्यक्तिगत संघर्षका साथै उनको व्यावसायिक संघर्ष र सफलता पनि बेग्लै छ ।

उनले घोराही १४ नयाँ बसपार्कमा बुढा हार्डवेयर तथा घोराही १० नारायनपुरमा न्यु मनकामना ईट्टा उद्योग सञ्चालन गर्दै आएका छन् ।

यसका साथै बुढा मगरले जन एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष, दाङ जिल्ला मगर संघको उपाध्यक्ष भएर पनि सफल जिम्मेवारी पूरा गर्दै आएका छन् ।
प्रेमबहादुर बुढा मगर उद्योगी तथा व्यवसायीहरुमाझ लोकप्रिय उम्मेद्वारका रुपमा चिनिएका छन् ।

आफ्नो लामो व्यवसायीक सफल अनुभवलाई अव सम्पुणर् व्यवसायीको नेतृत्व गर्दै व्यवसायिक हितका लागि खर्चने सोचका लागि चुनावमा होमिएकाले आफु र आफ्नो प्यानलले जित्नेमा ढुक्क भएको बुढा मगरले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्