उद्योग वाणिज्य संघलाई आइटीमैत्री बनाउन ‘युवराज’को उम्मेदवारी – Kanika Khabar
Friday, May 3Nepali News Portal

उद्योग वाणिज्य संघलाई आइटीमैत्री बनाउन ‘युवराज’को उम्मेदवारी

    मा प्रकाशित

No description available.दाङ, १० असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मीले बजार तातेको छ । यही असोज १३ गते शनिवार हुन गइरहेको संघको अधिवेशनको मिति नजिकिदै आउन थाल्दा व्यवसायीहरु आफ्ना नेता चुन्न विभिन्न बहस र परामर्शमा व्यस्त रहेका छन् । अहिले चिया गफदेखि विभिन्न पसल तथा होटल रेस्टुरामा समेत चुनावी माहोलले तताएको छ । दलीय गठबन्धन गरेर चुनावमा होमिएका व्यवसायीका बारेमा पनि त्यस्तै बहस बाक्लिदै जान थालेको छ । दलकै चिया गफमा प्यालनमै जोड दिइएको छ भने । राजनीतिक दलसँग घनिष्टता नरहेका व्यवसायी भने उम्मेदवारका गुण अवगुण र व्यवहारबाट पनि उम्मेदवार छनौट गर्नेमा बहस गरिरहेका छन् ।
व्यवसायीहरुका बिच सहमतिबाटै नेतृत्वलगायतको कार्यसमिति निर्माण गर्ने सम्भावना नभएपछि चुनावी प्रक्रियामा गएका हुन् । अहिले विभिन्न राजनीतिक दल निकटका व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर चुनावमा होमिएका छन् ।

बसन्त जोशीको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल निर्माण भएको छ । जोशीकै प्यानलबाट एसोसिएट सदस्यको चुनावी मैदानमा उत्रिएका छन् युवराज पोख्रेल । युवराज व्यवसायीका बिचमा नौलो नाम भने होइन । लामो समयदेखि व्यवसायमा संलग्न उनी शालीन र भद्र व्यक्तित्वको पर्याय हुन् । अनुभवले खारिएका, जिम्मेवारीलाई सदैव शिरोधार्य गर्ने, कर्तव्यनिष्ठ युवराव कर्तव्यपरायणताका दृष्टान्त हुन् । युवाका ढुकढुकी हुन्, आशाका केन्द्र पनि हुन् ।

शिष्ट, नम्र तथा भलाद्मीका पर्याय मानिने युवराजले आफूलाई एसोसिएट सदस्यको उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेका छन् । युवराज व्यवसायीका समस्या र मुद्दामा सदैव अग्रसर रहने र व्यवसायीका समस्यालाई सधै सम्बोधन गर्न तत्पर रहे ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ सहिद गेटमा गुगल ट्रेडर्स सञ्चालन गर्दै आएका युवराज कुशल व्यावसायिक रणनीति निर्माणकर्ता हुन् ।
युवराज बिगत आठ वर्षदेखि दाङको सुन्दर नगरी घोराहीमा कम्प्युटर व्यवसाय सञ्चालन गर्दै आएका पोख्रेल आइटीका क्षेत्रमा तल्लीन रहेका छन् । प्रविधिको गुगमा रहेको मानव समुदायका हरेक गतिविधि प्रविधिसँग सम्बद्ध रहनुपर्नेमा युवराजले आफ्नो तर्क राख्दछन् ।

 

‘प्रविधिका युगमा रहेका हाम्रा प्रायः गतिविधिलाई प्रविधिलाई सम्बोधन गर्नुपर्दछ । उद्योग वाणिज्य संघका हरेक गतिविधिलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । अब डिजिटल प्रविधिमा हरेक संघसंस्था रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो । यही मान्यतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि पनि मैले एसोसियट सदस्यमा उम्मेदवारी दिएको हुँ ।’ उनले थपे, ‘संघलगायत व्यवसायी, उद्योग तथा व्यवसायलाई प्रविधिमैत्री बनाउन अब जरुरी छ । आइटीमैत्रीका लागि मैले योजना तर्जुमा गरेको छु । लामो समयदेखि यसै क्षेत्रमा काम गरेको मेरो अनु्भवलाई अव कार्यान्वयन गर्ने अवसर खोजिरहेको छु । जसका लागि पनि व्यवसायिक हकहित तथा व्यवसायीको सुविधाका लागि काम गर्नका लागि पनि मैले संघमा इन्ट्रीको लागि उम्मेदवारी दिएको हुँ ।’

पोख्रेल व्यवसायका क्षेत्रमा मात्र होइन समाज सेवाका क्षेत्रम पनि त्यतिकै क्रियाशील रहेका छन् । कोभिडले विश्व नै आक्रान्त भएको बेला दारी ग्याङको संयोजक भएर युवराज समाज सेवाम ठिङ्ग सगरमाथा भएर उभिए । दाङको घोराही उपमहानगरपालिकाको दारी ग्याङको संयोजकसमेत रहेका पोख्रेलले उद्योगी, व्यवसायीका हकहितका लागि हरेक प्रहरमा तैयार रहेर उभिए । त्यसो त दारी ग्याङमा आवद्ध रहेर पोख्रेलले निम्न वर्गीय, मजदुर तथा हुँदा खानेका घरघरमा खाद्यान्न बोकेर आफै पुगेका थिए । युवराज कोभिडमा गरिबका सारथि बनेर ठिङ्ग उभिए ।

No description available.

युवराज व्यवसायमा मात्र तल्लीन रहेनन् उनी त समाज सेवा भनेपछि हुरुक्कै हुन्छन् । वर्षातको समयमा घोराही बजारमा ढल निकासको समस्या हुँदा मेन रोडलगायतका व्यवसायी समस्यामा परे । अविरल वर्षाका कारण ढल निकासको समस्या हुँदा प्राकृतिक प्रकोपमा परेका व्यवसायीका समस्या समाधान गर्न युवराज ढल व्यवस्थापनमा तल्लीन मात्र रहेनन् युवा तथा स्थानीय निकायको सहकार्यमा आफै ढल व्यवस्थापनमा खटे ।

समाज सेवासँगै प्रविधिमा दख्खल राख्ने युवराज विभिन्न संघसंस्थामा पनि आवद्ध रेहका छन् । दाङकै घोराहीस्थित कलश सहकारी संस्थामा पनि युवराजको आवद्धता रहेको छ ।

‘व्यवसायीका हरेक समस्या संघका समस्या हुन् । समस्या समाधानका लागि संघ नै बढी सक्रिय हुनुपर्छ । म लगायत हाम्रो सिङ्गो प्यानल यसैमा प्रतिवद्ध रहेको छ । हामी संघलाई प्रविधिमैत्री बनाउन तन्पर छौँ ।’ बिबिए होल्डर युवराजले बताए ।

व्यवसायीका बिचमा लोकप्रिय युवराज अनुभवले परिपक्व उम्मेदवार पनि हुन् । व्यवसायीका पीरमर्का तथा समस्यालाई बुझ्दै सम्बोधन गर्दै आएका पनि छन् । उनले गर्दै आएका कामका आधारमा पनि उनी व्यवसायीका रोजाइमा पर्दछन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्