व्यवसायीको माझ लोकप्रिय सदस्यका उमेदवार कृष्णबहादुर कुवर (कृश) – Kanika Khabar
Friday, May 3Nepali News Portal

व्यवसायीको माझ लोकप्रिय सदस्यका उमेदवार कृष्णबहादुर कुवर (कृश)

    मा प्रकाशित

दाङ। दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनमा २० पदका लागि ४० जना उमेदवारहरु मैदानमा उत्रिएका छन् । व्यवस्थित एवं व्यवसायीको समस्या समाधान गर्ने नारासहित निर्वाचनमा होमिएको रामप्रसाद पोख्रेल नेतृत्वमा बनेको साझा, समावेशी व्यवसायीक प्यानलको खुल्ला सदस्य पदका उमेदवार बन्नु भएको छ कृष्णबहादुर कुवर (कृश) । घोराहीमा कृश मोबाइल जोन सञ्चालन गर्नुका साथै अन्य सामाजिक संघसंस्थामा समेत बसेर काम गरिरहनु भएका कृष्णबहादुर व्यवसायीहरुको माझमा लोकप्रिय हुनुहुन्छ । घोराही–१५ निवासी कृष्णबहादुर बिगत दुईदशक देखि व्यवसायमा हुनुहुन्छ । सानै उमेरदेखि व्यवसायमा क्रियाशिल कृष्णबहादुरलाई यतिबेला जीवनसँगीनी सृजना कुवर र घरपरिवारले समेत व्यवसाय सञ्चालन गर्न सहयोग गरिरहनु भएको छ ।
एक छोरा र एकछोरी समेत रहेका कृष्णबहादुर व्यवसायमा सफल हुनुको पछाडी घरपरिवार, साथीभाई, इष्टमित्र, शुभेच्छुक सबैको साथसहयोगले काम गरेको बताउनुहुन्छ । बिबिएस अध्ययन पुरा गर्नु भएका कृष्णबहादुर यतिबेला उद्योग वाणिज्य संघको निर्वाचनका क्रममा प्रचारप्रसारमा व्यापक जुट्नु भएको छ । समाज सेवाका विभिन्न कार्यमा पहिले देखिनै जोडिदै आउनु भएका कृृष्णबहादुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका जिल्ला कोषाध्यक्ष पनि हुनुहुन्छ । जिल्लामा मोबाइल व्यवसायीहरुको समस्या समाधानका लागि पटकपटक अग्रसर देखिनु भएका कृष्णबहादुर आफूले सञ्चालन गरेका व्यवसायीक क्षेत्र अनि अन्य व्यवसायीहरुको समस्या समाधानका लागि पनि दिनरात खट्ने उद्देश्यसहित उमेदवार बन्नु भएको छ । ‘म दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्य समिति सदस्य काम गर्नका लागि बन्न खोजि रहेको छु, यतिबेला व्यवसायीका सयौ समस्या छन्, यी सबै समस्याहरुलाई समाधान गर्नका लागि प्रभावकारी योजना आवश्यक छ । म व्यवसायीको पक्षमा सधैभरी उभिरहनेछु’, कृष्णबहादुर थप्नुहुन्छ,‘म संस्थामा नाम लेखाउनका लागि मात्र उमेदवार बनेको होइन, संस्थामा बसेर केही गरौं, भन्ने मनसायका साथ उमेदवार बनेको छु । सबैको साथ सहयोग, सल्लाह सुझाबको खाँचो छ । मलाई सबै मतदाताज्यूहरुले जिताउनुहुनेछ भन्नेमा म ढुक्क छु ।’
विभिन्न सामाजिक संघसंस्था तथा वित्तीय संस्थाको कार्य समितिमा समेत रहनु भएका कृष्णबहादुर निर्वाचन प्रचारका क्रममा सबैजसो मतदाताको घरआँगनमा पुगेको, कतिपयलाई फोन बाट समेत मत मागेको बताउनुहुन्छ । निर्वाचनकाक्रममा सबैको साथसहयोग आवश्यक पर्ने भएकाले उहाँ भन्नुहुन्छ, ‘मतदाताज्यूहरुसँग मत माग्नका लागि घरदैलो, फोन, म्यासेज समेत गरेको छु, यदि कदमकदाचित कसैसँग मत माग्न छुटेको रहेछ भने समय अभावका कारण मत माग्न आउन सकेन भनेर बुझि भोट हालेर सहयोग गरिदिनहुन म बिनम्र अनुरोध गर्दछु ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्