यस्तो समयमा चिन्ता र असन्तोष मनमा नराखौँ : डा. भुसाल – Kanika Khabar
Friday, January 17Nepali News Portal

यस्तो समयमा चिन्ता र असन्तोष मनमा नराखौँ : डा. भुसाल

    मा प्रकाशित

कनिका खबर
असार २४, दाङ ।
सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समुहले आयोजनामा कोरोनाको सङकट र मनोसामाजिक समस्या विषयक अनलाइन अन्तरक्रिया कार्यक्रममा सम्पनन भएको छ । कार्यक्रममा डा.अरविन्द भुसालले कोराना सङक्रमण वाट बचने उपाए लकडाउ मात्र सबै विकल्प नभएको बताएका छन् । उनले लकडान गरेर मात्र समस्याको सममाधान हुन नसक्ने भन्दै अन्य उपाय खोजी गरिनु पर्ने बताए ।
‘हरेक नागरिकले सुरक्षीत भएर आआफ्ना गतिवधि गर्ने पाउनु पर्दछ’ डा भुसालले भने । राज्यले त्यसै अनुसारको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ रहेको छ । कोरोनाको महामारीको समयमा चिन्ता र असन्तोष मनमा राख्न नहुने भुसालले बताए । चिन्ता र असन्तोषले मानिसलाई थप कमजोर वनाउने उनले बताए ।
यस समयमा प्रकृतिसँग रमाएर उनको सुझाब थियो । अन्तरक्रियाको सहजिकरण डा.उमेश केसी गरेका थिए भने कार्यक्रमको संयोजन गणेश न्यौपाने गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्