दाङमा एक माेटरसाइकलमा आगजनी, आगजनी गर्ने पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा एक माेटरसाइकलमा आगजनी, आगजनी गर्ने पक्राउ

    मा प्रकाशित

दाङ, ११ असाेज।

दाङमा एक माेटरसाइकलमा आगजनी गरिएकाे छ । जिल्लाकाे घोराही उप-महानगरपालिका-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरिएकाे प्रहरीले जनाएकाे छ ।

आगजनी गरेको अभियोगमा प्रहरीले घाेराही उपमहानगरपालिका-१० सौडिकुला बस्ने ३२ वर्षीय मिना चौधरीलाई हिजाे बुधबार दिउँसो पक्राउ गरेको हाे ।

लेनदेनको बिषयलाई लिएर चौधरीले माेटर साइकलमा आगजनी गरेकाे खुलेकाे छ । घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्