गुरुकुल एकेडेमी अब लमहीमा पनि – Kanika Khabar
Friday, May 17Nepali News Portal

गुरुकुल एकेडेमी अब लमहीमा पनि

    मा प्रकाशित

दाङ १२ असोज ।
लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ । आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाइ सञ्चालन गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्ने गरी विद्यालय भवन बनाउन थालिएको हो ।

लमही नगरपालिका–५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ ।

मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलीबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताए । जीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने उल्लेख गरे ।

घोराहीमा गुरुकुल एकेडमीको सफलतापछि लमहीमा पनि विद्यालय सञ्चालन गर्न थालिएको छ । तीन तलाको भवन बनाउने काम सुरु भएको छ । विद्यालयका अध्यक्ष घिमिरेले भवनको शिलान्यास गर्दै आउँदो वर्षदेखि नियमित पठनपाठन सुरु गर्ने बताए ।

कार्यक्रममा गोरक्ष रत्ननाथ मन्दिरका मठाधिस सुरतनाथ योगीले संस्कृत र वेद शिक्षाको कक्षा समेत सञ्चालन आग्रह गरे । गुरुकुल एकेडमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालन गरिएको बताए । साथै उनले देशको सामाजिक र सर्वाङ्गीन पक्षको विकास हुने बताए ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल, पत्रकार केपि घिमिरे, लमही जेसीजका अध्यक्ष फणाधर ढकाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।उनहरुले लुम्बिनी प्रदेशको राजधानिमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था आबश्यक रहेको र यो आबश्यकता गुरुकुल एकेडेमीले पुरा गर्न लागेकोमा आफुहरु खुशी भएको बताए ।

शिलान्यास समारोहको औपचारिक कार्यक्रमको सहजीकरण गुरुकुल एकेडमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गरेका थिए । गुरुकुल एकेडमी लमहीको संस्थापक रुपमा कमलजंग सिंह ठकुरी, शित्तल भुसाल, रामचन्द्र शर्मा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्