दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमै एक सदस्यको मृत्य – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमै एक सदस्यको मृत्य

    मा प्रकाशित

कनिका खबर
असार २४, दैलेख ।
दैलेख जिल्लाको एक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै समितिका एक सदस्यको मृत्यु भएको छ ।

जिल्लास्थित भैरबी गाउँपालिका–३ मा अवस्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका ६१ वर्षीय सदस्य औंसे कामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको बेला उनी एक्कासी ढलेका थिए ।

उनी बोल्दै गर्दा अकस्मात् ढलेपछि उनलाई अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्