अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा ६ हप्ता लागि लकडाउन – Kanika Khabar
Friday, May 16Nepali News Portal

अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा ६ हप्ता लागि लकडाउन

    मा प्रकाशित

कनिका खबर
असार २५, दाङ ।

अस्ट्रेलियाको मेलबर्नमा तेस्रो पटक लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको हो ।

मेलबर्नमा तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि तेस्रो पटक लकडाउन घोषणा गरिएको हो ।

भिक्टोरिया राज्यमा मंगलबार हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएकोमा बुधबार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्