सिन्धुपाल्चोकमा बाढीको वितण्डा, जम्बुमा १५ घर बगे, १८ जना बेपत्ता, २ जनाको शव फेला – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, जम्बुमा १५ घर बगे, १८ जना बेपत्ता, २ जनाको शव फेला

    मा प्रकाशित

कनिका खबर
असार २५, सिन्धुपाल्चोक ।
वर्षायाम सुरु हुँदै जाँदा बाढीको त्रास पनि बढ्दै गएको छ । भारी वर्षा भएका जिल्लामा बाढीको जोखिम पनि बढ्दै जान थालेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । १८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा १५ घर बगाएको हो । दुई जनाको शव भेटिएको र १८ जना सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
२० वर्षका निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको स्थानीयले बताएका छन् । अन्यको खोजी भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन् । गएरातिदेखिको अबिरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । उद्दारका लागि निस्किएको नेपाली सेना र प्रहरी जबमुसम्म पुग्न सक्ने अवस्था नभएकोले उद्दारको काम समयमै हुन नसकिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्