ब्रेन ट्युमर पीडित पुनलाई आर्थिक संकलन सुरु – Kanika Khabar
Monday, February 16Nepali News Portal

ब्रेन ट्युमर पीडित पुनलाई आर्थिक संकलन सुरु

    मा प्रकाशित

बिजौरी,असोज १७ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १८ स्थित बिजौरीका ब्रेन ट्युमर पिडित यज्ञ बहादुर पुनको उपचारमा सहयोगको लागि आर्थिक संकलन सुरु गरिएको छ । बिजौरी उधोग बाणिज्य सघको नेतृत्वमा “सेवा नै धर्म हो ” भन्ने मुख्य उद्देश्यले बुधबार देखि ब्रेन ट्युमर पिडित यज्ञबहादुर पुन बचाउ अभियान सुरु गरिएको हो ।

पुन बिजौरी उधोग बाणिज्य सघका निर्बतमान सचिब हुन । बिगत ६/७ महिना देखि ब्रेन ट्युमर पिडित रहेका पुनको उपचारका लागि आर्थिक अभाब भएपछी यो अभियान सुरु गरिएको सघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए । बुधबार उधोग बाणिज्य सघका अध्यक्ष रेश्मीराज खडकाको नेतृत्वमा १ लाख ३५ हजार २ सय ४६ रुपैया आर्थिक संकलन भएको उनले बताए ।

४८ बर्षिय ब्यबसायी पुन बचाउ अभियानमा सहयोग गरिदिन जिल्लाका विभिन्न उधोग बाणिज्य सघ,विभिन्न सघ सस्थाहरुलाई अपिल गरिएको उनले बताए ।पुनलाई सहयोग गर्न चाहाने ब्यक्तिहरुले एनआइसी एसिया बैकको खाता नम्बर 0655750733058001 र सघका अध्यक्ष रेश्मिराज खडकाको मो न 9857820023, महासचिब दीपक कुमार बस्नेतको मो न 9857823261 मा सम्पर्क गरिदिन अपिल गरिएको छ ।

‘‘पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि ब्रेन ट्युमर पीडित पुको उपचारमा समस्या देखियो, बिजौरी उधोग बाणिज्य सघका अध्यक्ष रेश्मिराज खडकाले भने,” उहाँलाई बचाउन र उहाँको उपचार सफल बनाउन मेरै नेतृत्वमा आर्थिक’ सङ्कलन सुरु गरेका छौँ ।”
उनको ६ महिना पहिले काठमाडौंको अन्नपूर्ण अस्पतालमा ब्रेन ट्युमरको अप्रेशन गरिएको थियो ।

हाल उनको क्यान्सर अस्पताल भक्तपुरमा उपचार भैरहेको र उपचारमा हालसम्म १२ लाख बढी खर्च भैसकेको पारिवारिक श्रोतले बताएको छ ।
यो अभियान बिजौरी उधोग बाणिज्य सघको कार्यक्षेत्र भित्र पर्ने दुधरास,हेमन्तपुर,मज्गैया लगाएत विभिन्न क्षेत्रमा संचालन गरिने बिजौरी उधोग बाणिज्य सघले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्