हरेक खेलकुद संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने – Kanika Khabar
Monday, August 24Nepali News Portal

हरेक खेलकुद संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने

    मा प्रकाशित

कनिका डेस्क
असार २५, दाङ
नेपालका हरेक खेलकुद संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले हिजो आफू मातहतमा रहेका खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे छलफल गर्दै आफ्नै नियम बनाउन निर्देशन दिएको हो । एनओसीले संघहरुलाई यहिँ अगस्ट १५ भित्र संघले एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको छ । एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा सरोज कृष्ण श्रेष्ठले संघका पदाधिकारीलाई सन् २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने नियम लागु गरेको जानकारी गराउनुभएको थियो । सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम रहेको समेत उहाँले जानकारी गराउनुभयो । छलफलमा २७ खेलकुद संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्