बाढीपीडित किसानलाई पनौतीले बाँड्यो ५० लाख बराबरको कृषि सामग्री – Kanika Khabar
Saturday, October 12Nepali News Portal

बाढीपीडित किसानलाई पनौतीले बाँड्यो ५० लाख बराबरको कृषि सामग्री

    मा प्रकाशित

कनिका खबर
असार २५, काभ्रे ।
काभ्रे जिल्लाको पनौती नगरपालिकाले ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । नगरप्रमुख भीम न्यौपानेले कृषि सामग्री वितरण गरेका हुन् ।
गत जेठ १४ गते आएको बाढीबाट पीडित किसानलाई नगरले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, स्पे्रयर पम्प र विषादी सुरक्षा सामग्री सेट वितरण गरेको थियो । एकहजार भन्दा बढी किसानलाई ७५ प्रतिशत अनुदान कृषि सामग्री वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताए । गत जेठ १४ गते आएको बाढीका कारण पनौतीमा मात्र पाँच करोड ९३ लाख बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्