तीनसय लिटर घरेलु मदिरा नष्ट – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

तीनसय लिटर घरेलु मदिरा नष्ट

    मा प्रकाशित

कनिका संवाददाता
असार २५,नुवाकोट
प्रहरीले नुवाकोटमा एकै पटक तीनसय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट बरामद गरी ल्याएको तीनसय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिममा समेत लागू गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको स्थानमा छापा मारेर तीनसय लिटर घरेलु मदिरा बरामद गरेर खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । थापाका अनुसार पहिलो पटक मदिरा बरामद गरिएका स्थानमा पसल तथा भट्टी सञ्चालकलाई सचेत गराइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्