सुनको मुल्य फेरि बढ्यो – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

सुनको मुल्य फेरि बढ्यो

    मा प्रकाशित

कनिका खबर
असार २५, दाङ ।
आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो ।

यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्