सिन्धुपाल्चोक बाह्रबिसेमा बाढीपहिरोमा परी घाइते भएकाको उद्दार कार्य सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिन्धुपाल्चोक बाह्रबिसेमा बाढीपहिरोमा परी घाइते भएकाको उद्दार कार्य सुरु

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका पाँच जम्बुमा गएराति आएको बाढीपहिरोमा परी घाइते भएकाको उद्धार सुरु भएको छ । पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ । अरु तीन जना घाईतेलाई पनि केहीबेर अघि उद्धार गरी काठमाडौं ल्याईएको सिन्धुपाल्चोकका प्रहरी प्रमूख, एसपी प्रज्वल महर्जनले घटनास्थलबाट सीआईएनलाई जानकारी दिनुभयो । बाढी र पहिरोले बाटो अबरुद्ध भएका कारण उद्धारमा कठिनाई भईरहेको उहाँले बताउनुभयो । बाह्रबिसेमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाह्रबिसेमा चार र भोटेकोसीमा दुइ जना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

बाह्रबिसेका माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ र मिङमा तामाङ घाइते छन् । भोटेकोसीमा फुर्वा तामाङ र उनका १० दिनका छोरी घाइते छन् । भोटेकोसी पाँचका निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता छन् । बाह्रबिसेका १६ जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ रहेका छन् । यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा सभामुख अग्नि प्रसाद सापकोटा सहितको टोली पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्