नवनियुक्त आईजीपी क्षेत्रीलाई दज्र्यानी चिह्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

नवनियुक्त आईजीपी क्षेत्रीलाई दज्र्यानी चिह्न

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । आज बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापा दज्र्यानी चिह्न लगाइदिनुभएको हो । दज्र्यानी चिन्ह प्राप्त गरेलगत्तै आइजीपी क्षेत्रीले पदभार पनि ग्रहण गर्नुभएको छ । वरीयतामा पहिलो नम्बरमा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो । आजदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हाल्नुभएको छ । नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधी यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहनुहुनेछ । थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । यसैविच गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त आईजीपी क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

बरिष्ठताका आधारमा योग्य देखेर नै जिम्मेवारी दिएको भन्दै गृहमन्त्री थापाले समायोजनको काम टुंगोमा छिटो पुग्ने गरी काम गर्न आईजीपी थापालाई निर्देशन समेत दिनुभयो । त्यसै क्रममा गृहसचिव महेश्वर न्यौपानेले पनि आईजीपी क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सहकार्य गरेर काम गर्न निर्देशन दिनुभयो । भेटको क्रममा नवनियुक्त आईजीपी क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्