कथाकार बस्नेतको कथासंग्रह ‘कथाजस्तै कथाहरु’ विमोचित – Kanika Khabar
Friday, May 3Nepali News Portal

कथाकार बस्नेतको कथासंग्रह ‘कथाजस्तै कथाहरु’ विमोचित

    मा प्रकाशित

डेनमार्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डेनमार्क च्याप्टरले एक कार्यक्रमको आयोजना गरी पूर्ण बस्नेतद्वारा लिखित कथासंग्रह कथाजस्तै कथाहरु विमोचन गर्यो ।
डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा. रामस्वार्थ रायले पछिल्लो दिनमा आफूले डेनमार्कमा साहित्यिक गतिविधि बढिरहेकोले यसले नेपाली भाषा र संस्कृतिको विस्तारमा उल्लेख्य योगदान दिने बताउनुभयो । साहित्यले आफ्नो देश पनि चिनाउने भएकोले यस्ता खालका कार्यक्रमको लागि अनेसास, डेनमार्क धन्यवादको पात्र भएको बताउनुभयो ।
सामाजिक अभियन्ता उदयराज गौतमले साहित्य लेखनले पढ्ने अभ्यास गराउने एवं हरेक अध्ययनरुचिका खुराकहरु साहित्यबाटै आरम्भ हुने बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता नेपाली जनसम्पर्क समितिका अध्यक्ष यादब बस्नेतले आफू साहित्यको खरो पाठक नभए पनि कुनै बेला नेपाली अक्षर राम्रो भएकै कारण नेपाली भित्ते पत्रिकामा आवद्ध रहेको स्मरण सुनाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डेनमार्क अध्यक्ष शशीकुमार ढकालले साहित्यमा अलिक स्पष्टताको जरुरी रहेको बताउनुभयो । त्यसैगरी लेखक नील थापाले आफूले पनि लेखनमा हात हालेको चर्चा गर्दै अब पुस्तक प्रकाशनमा आफूलाई पनि बस्नेतको कथासंग्रहले थप उर्जा दिएको बताउनुभयो ।
क्रियटिभ वुमन इन डेनमार्ककी अध्यक्ष सरु पाण्डेले बस्नेतको अन्य क्षमताको बारेमा बोल्दै एउटा आयामिक व्यक्तिले पुस्तक प्रकाशनदेखि अन्य कुराहरुमा पनि आफ्नो दक्षता देखाउन सक्ने बताउनुभयो ।

डेनमार्क निवासी गायिका कुसुम दाहालले आफ्नो रुचिअनुसारका यस्ता लेखन र पठन कार्यमा सक्रिय हुनु निःसन्देह असल गुण भएको बताउनुभयो । कार्यक्रममा अर्की वक्ता उमा दाहालले पूर्ण बस्नेतको लेखनी यात्रा अझै सशक्तरुपमा अघि बढोस् भन्ने कामना गर्नुभयो ।
अनेसास, डेनमार्ककी महासचिव विमला शर्मा आचार्य (विद्या) ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो रचना सुनाउनुभएको थियो ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार प्रकाश सापकोटाले प्रस्तुत कथामा विविधता भएको र कथाकार बस्नेतको शब्द छनौट सटिक र सरल भएको बताउनुभयो । प्रकाशक जमुना दाहालले सम्पूर्ण अतिथिलाई कार्यक्रममा आएर हौसला बढाइदिनुभएको धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन संस्थाका सदस्य दीपककुमार तिवारीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्