चीनका पूर्व प्रधानमन्त्री खछ्याङको निधन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

चीनका पूर्व प्रधानमन्त्री खछ्याङको निधन

    मा प्रकाशित

एजेन्सी ।
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । सांघाइमा रहेका उनको गएराति अचानक हृदयघातका कारण मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी केही समयदेखि सांघाइमा बस्दै आएका थिए ।

उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७ देखि १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पदबाट बाहिरिनुअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबैभन्दा दोस्रो शक्तिशाली व्यक्ति थिए । ली खछियाङ एक अर्थशास्त्रीसमेत थिए । जसले सुरुवाती दिनमा चीनको अर्थव्यवस्था सम्हाल्ने बागडोर दिइएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्