देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा २०० मत खस्यो – Kanika Khabar
Monday, February 16Nepali News Portal

देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा २०० मत खस्यो

    मा प्रकाशित

टेकबहादुर पुन

दाङ,१० कार्तिक  ।

दाङकाे लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको व्यवस्थापन समितिकाे नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानमा २ सय मत खसेको छ ।

बिहान ९ बजेदेखि शुरु भएको मतदान कार्यक्रम ३ बजे सकिएको हो ।
जम्मा मतदाता सँख्या २ सय ३५ भएपनि ३५ मत भने खस्न नसकेको निर्बाचन अधिकृत लिलाराम खनालले जानकारी दिए ।
उनका अनुसार अहिले मतपेटिका बाँध्ने,आचारसँहिता बनाउने काम भईरहेको छ । लगत्तै मतगणना शुरु गरिने खनालले जानकारी दिए । बेलुकासम्म नतिजा सार्बजनिक गर्नेगरी काम भईरहेको बताए ।

नया नेतृत्वका लागि अध्यक्षमा लालबिर खड्का र बाबुराम चौधरीबिचको दुई प्यानल मैदानमा छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्