मा प्रकाशित
कनिका खबर
असार २५, दाङ ।
भारतीय न्युज च्यानलहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अतिरञ्जित समाचारहरु प्रशारण गरेका कारण नेपालमा भारतीय न्युज च्यानलको प्रशारणमा रोक लगाइने भएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर ९एमएसओ० हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।